Logo
३ माघ २०८१, बिहीबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतमा हाजिर भएपछि राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

प्रदेश नम्बर २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । तत्कालिन मधेश आन्दोलनताका एक मुद्दामा पोलुवा अभियोगी रहेका शर्मा आज अदालतमा हाजिर भएका थिए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवम् महोत्तरी जिल्ला संयोजक समेत रहेका शर्मा पार्टीकै सुझावका आधारमा आज अदालतमा हाजिर भएका हुन् । उच्च अदालत जनकपुरले साउन १५ गते राज्यमन्त्री शर्मालाई पक्राउ गर्न महोत्तरी जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको थियो ।

पत्र पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई खोजी गरिरहेको थियो । प्रहरीले खोजी गरिरहेको बेला उनी काठमाडौमा थिए । राजपा नेपालले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि राज्यमन्त्री शर्मालाई अदालतमा हाजिर गराएको छ ।

हाजिर भएपछि उनीसँग घटनाको बारेमा अदालतले बयान लिएको थियो । बयानपछि महोत्तरी जिल्ला अदालतका मुख्यन्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा थुनछेकको बहस भएको थियो ।

बहसमा शर्माको तर्फबाट देवेन्द्र ठाकुर, ज्ञानेन्द्रलाल कर्ण र रमेश पाण्डे बहसमा सहभागी थिए भने सरकारको तर्फबाट सुदिप दंगाल सहभागी थिए । बहसपछि शर्मालाई साधारण तारेखमा रिहा गरिएको छ ।

२०७५ साउन २८ गते १८ : ५७ मा प्रकाशित

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्