अपहरणकारीमाथि भएको इन्काउन्टरबारे छानबिन हुन्छ : गृहमन्त्री थापा
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भक्तपुरमा दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएको घटनाको छानबिन गर्ने भएका छन्।
प्रतिनिधिसभा अन्र्तगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले घटनाको छानबिन गर्ने बताएका छन् । बालक निसान खडकालाई अपहरण पछि हत्या गर्ने गएका सोमबार प्रहरीको इन्काउन्टरमा परी सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीय अजय तामाङको मृत्यु भएको थियो।
सो घटना शंकास्पद रहेको सांसदहरुले बताएपछि उनले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ ।