वरिष्ठ कलाकार मिश्रको हृदयाघातका कारण ८३ वर्षको उमेरमा निधन
काठमाडौँ : वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका बुबा हुन् कान्छो छोरा विदेशबाट आएपछि मिश्रको अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
उनको कान्छो छोरा भोलिसम्म नेपाल आइपुग्ने बताइएको छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।