Logo
४ मंसिर २०८१, मंगलबार
(August 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक सञ्जालको शिकार बन्यो ‘अन्नपूर्ण सर्किट’

 पोखरा । नेपालका कतिपय पदयात्रा संसारमै लोकप्रिय मध्ये पर्छन् । अन्तरराष्ट्रिय क्षेत्रमा प्रशिद्ध पदमार्ग मध्येमा पर्छ अन्नपूर्ण सर्किट । प्रशिद्ध अन्नपूर्ण सर्किट पदयात्रा भने मोटरबाटोको शिकार बनेको छ । २१ दिनसम्मको प्याकेजमा यात्रा गरिने यो रुट अहिले ४\५ दिनमा पूरा गर्न सकिन्छ ।

लमजुङबाट शुरू हुने अन्नपूर्ण पदयात्रा अहिले मनाङको कङसारसम्म मोटरबाटो पुगेपछि यात्रा छोटिएको हो । अन्नपूर्ण राउण्ड पास गरिसकेपछि मुस्ताङको मुक्तिनाथ मन्दिरभन्दा माथि फेदीसम्म मोटरबाटो पुगिसकेको छ । २ सय १० किलोमिटर लामो यो पदयात्रा छोटिएर करीब ३० किलोमिटरमा झरिसकेको बताउँछन् ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष दीपकराज अधिकारी ।

‘यो पदयात्रामा हिँड्ने पर्यटकले १/२ लाख रुपैयाँसम्म खर्च गर्थे,’ अधिकारीले भने, ‘अहिले मोटरबाटोले यात्रा छोटिएपछि पर्यटकले १५/२० हजार रुपैयाँभन्दा बढी खर्च गर्दैनन् ।’ छोटो पदयात्रामा अन्तरराष्ट्रिय क्षेत्रमै प्रशिद्ध घोरेपानी पुनहिल पदयात्रा पनि छोटिएको छ । यो पदयात्रामा पर्ने घान्दु्रक, लान्दु्रकसम्म मोटरबाटो शुरू भएपछि पदयात्राको दूरी घटेको हो । पदयात्राका लागि प्रशिद्ध सिक्लेसम्म पनि अहिले गाडीमै यात्रा अभियानमा प्रकाशित समाचारमा भनिएको छ ।

‘अन्नपूर्ण सर्किट र घोरेपानी पुनहिल पदयात्रालाई मात्र होइन, नेपालका धेरै पदमार्गमा मोटरबाटोले असर गरेको छ,’ अधिकारीले भने, ‘नेपालको पर्यटनमा प्रमुख आकर्षण पदयात्रा भएकाले यसको संरक्षणमा राज्य लाग्नुपर्छ ।’ पदयात्राका लागि अन्यत्रको तुलनामा गण्डकी प्रदेश बढी प्रशिद्ध रहेको अधिकारीले बताए ।

चलेका राम्रा पदमार्गलाई मोटरबाटोको कारण असर गरेपछि टानको सक्रियतामा नयाँ पदयात्राका रुट पहिचान शुरू गरिएको अधिकारीले जानकारी दिए । ‘अव्यवस्थित विकास र सडक मार्गको अवैज्ञानिक विस्तारले कतिपय महŒवपूर्ण पदमार्ग लोप हुने क्रममा पुगेकाले व्यवसायी मर्कामा परेका छन्,’ उनले भने, ‘व्यवसायको संरक्षण गर्न नयाँ पदयात्राको विकास र पहिचान अनिवार्य बनेको छ ।’

टानले नयाँ पदयात्रा मार्गको खोजी, अनुसन्धान, पहिचान तथा प्रवद्र्धनमा विगत लामो समयदेखि काम गर्दै आएको सचिव सुशीलराज पौडेलले बताए । टानकै पहलमा माछापुच्छ«े मोडल ट्रेक, मिलिनियम ट्रेक, धवलागिरि आइसफल ट्रेक, हिडनलेक ट्रेक, क्हपुचे लेक ट्रेकसहित १ दर्जनभन्दा बढी पदयात्रा मार्गको खोज तथा प्रवद्र्धन कार्य सम्पन्न भएको उनले जानकारी दिए । कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, म्याग्दी र पर्वतलगायत जिल्लामा यस्ता पदयात्रा मार्गको खोज तथा विकास गरिएको हो ।

ती पदयात्रा मार्ग वरपर पर्ने कतिपय गाउँमा होम स्टे कार्यक्रमसमेत विकास गरिएको प्रथम उपाध्यक्ष हरि भुजेलले जानकारी दिए । ‘टानकै पहलमा हालसम्म विभिन्न जिल्लाका १५ गाउँमा होम स्टे विकास गरिएको छ,’ उनले भने ।

प्रकाशित मिति: Aug 8, 2018

प्रतिक्रिया दिनुहोस्