Logo
१ मंसिर २०८१, शनिबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासमिति बैठकलाई लिएर नेपाली कांग्रेसमा भाँडभैलो

काठमाडौं, २२ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला भाँडभैलो मच्चिएको छ । पार्टीको महासमिति बैठक यही आउने भदौमा गर्नुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाब छ ।

तर, सभापति शेरबहादुर देउवा भने महासमिति बैठक दशैं वा तिहारपछिमात्रै गर्ने पक्षमा पुगेका छन् ।

देउवाले महासमितिको बैठक डाक्न ढिलाई गर्ने छनक पाएपछि बरिष्ठ नेता पौडेल समूह यतिवेला सभापतिसँग असन्तुष्ट छ ।

यही विषयलाई लिएर नेता पौडेलले सभापति देउवालाई भेटेरै भदौमै बैठक राख्न आग्रह गरेका छन् ।

तोकिएको मितिमै महासमिति बैठक नडाके आफूहरुले पार्टीभित्र संघर्ष गर्ने चेतावनी पौडेल पक्षधर युवा नेताहरुले दिएका छन् ।

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्