Logo
१ मंसिर २०८१, शनिबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा माग

काठमाडौं : महिला हिंसा रोक्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो ।

माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल)को राजीनामा मागेका छन् ।

संगठनकी अध्यक्ष रोशन कार्कीले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् ।

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्