Logo
१४ मंसिर २०८१, शुक्रबार
(August 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४० किलो अवैध सुपारीसहित एक जना पक्राउ

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।

जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

नेपालबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ भने खबरको आधारमा ४० किलो सुपारीसहित देवानगञ्ज–१ का २३ वर्षीय सन्तोषकुमार मेहतालाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति: Aug 6, 2018

प्रतिक्रिया दिनुहोस्