काठमाडौंको काँडाघारीबाट ११ वर्षिय बालक अपहरण, करोडौं फिरौती माग
काठमाडौं, २१साउन : आइतबार साँझ काँडाघारीबाट एक बालकको अपहरण परेको खबर छ । अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरी निशान अपहरणमा परेको जानकारी दिएको थियो । त्यसलगत्तै अपहरणकारीले करोडौं रकम फिरौती मागेको छ ।
काँडाघारीबाट वर्ष ११ का निशान खड्काको अपरहण भएको हो । साँझबाट हराइरहेका बालकको अपहरण भएको जानकारी सोमबार बिहान मात्रै प्राप्त भएको हो । घटनाबारे अनुसनधान भइरहेकाले यसबारे थप केही बोल्न नमिल्ने प्रहरीले बताएको छ ।
स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।