पंगेनीलाई अन्तिम श्रद्धाञ्जली दिन सभापति शेरबहादुर देउवा स्याङ्जामा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुरद देउवा स्याङ्जा पुगेका छन् । ह्रदयघातका कारण निधन भएका जिल्ला सभापति कमल पंगेनीलाई अन्तिम श्रद्धाञ्जली दिन सभापति देउवा स्याङ्जा पुगेका हुन् ।
उनीसँगै उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, युवा नेता गगन थापा लगायतका नेताहरु स्याङ्जा पुगेका छन् । कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्वसांसद पंगेनीको आफ्नै निवासमा निधन भएको बताइएको छ ।
हृदयघातका कारण उनको निधन भएको परिवारले जनाएको छ । शनिबार पार्टीको कामको सिलसिलामा स्याङ्जाको मिर्मी पुगेर फर्किएका थिए । राति अबेर सुतेका पंगेनी बिहान नउठेपछि उठाउन जाँदा अचेत अवस्थामा देखेपछि स्थानीय कालिका अस्पताल लगिएको थियो ।
बम
पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वा्चित भएका थिए । २०६४ सालको निर्वाचनमा स्याङ्जा १ र पछिल्लो प्रदेशसभा निर्वाचनमा स्याङजा १(क)मा उनी उमेदवार थिए । पंगेनीका श्रीमति, एक छोरा र एक छोरी छन् ।