व्यापार युद्धमा चीन–अमेरिका : नयाँ कर लगाएपछि ह्वाइट हाउसको चीनलाई चेतावनी
अमेरिका । चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रवार चीनलाई जवाफ फर्काउँदै यस्तो चेतावनी दिएको हो ।
आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिने बताएकी छिन् । अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले भनिन्, ‘चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघि बढ्न सक्दैनन भनेर कम नआँक्नु राम्रो होला ।”
अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापारकर बारे बेइजिङले चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्व अमेरिकी डलर बराबरको व्यापारकर लगाउने बताएको केही समयमै कुड्लोको यो प्रतिक्रिया आएको हो । ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँकर लगाउने बताएको थियो । रासस