Logo
४ मंसिर २०८१, मंगलबार
(August 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुन: बहाली गर्नुपर्ने माग राख्दै साझाका कर्मचारी आन्दोलनमा

काठमाडौँ : साझा प्रकाशनका कर्मचारी आफूलाई पुन: बहाली गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । साझाले २० वर्ष सेवा गरेका कर्मचारीलाई सबै सुविधा उपलब्ध गराउने शर्तसहित स्वेच्छिक अवकाश दिएका कर्मचारीले ‘केही नपाएको’ भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरु ललितपुरको पुल्चोकस्थित साझाको कार्यालय हातामा पाँचदिनदेखि धर्ना बसेका छन्। धर्नामा देशैभरिबाट जम्मा भएका १ सय २८ जना कर्मचारी रहेको उनीहरुको भनाइ छ। सरकारले न्यून रकम मात्र उपलब्ध गराएको र पाउनुपर्ने रकम पटक पटक माग गर्दा संस्थाका अध्यक्ष तथा महाप्रबन्धकबाट प्रत्येक पटक भाखा राख्ने, समय लम्ब्याउने र आश्वासनमात्र पाएको पीडित कर्मचारीले गुनासो गरेका छन्।

गत असार मसान्तसम्म सम्पूर्ण रकम उपलब्ध गराउने वा साउन १ गतेदेखि सम्पूर्ण अवकाश प्राप्त कर्मचारीलाई यथावत रुपमा पुनर्बहाली गर्ने लिखित प्रतिबद्धता जनाएका थिए।

प्रकाशित मिति: Aug 2, 2018

प्रतिक्रिया दिनुहोस्