विषालु सर्पदंशबाट साढे दुई वर्षका बालकको मृत्यु
दाङ : दाङमा सर्पदंशबाट एक जना बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ बेलझुण्डी निवासी साढे दुई वर्षका बालक राति १०४० बजे घरभित्रै सुतेको समयमा रिदम कुँवरलाई विषालु सर्पले डसेको थियो ।
सर्पको दंशबाट गम्भीर बिरामी परेका बालक रिदमलाई दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पातलको प्रारम्भिक उपचारपछि थप उपचार लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा राति बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।