कक्षा १२ को सबै समूहको एकैपटक नतिजा सार्वजनिक
काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ ।
ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा५८,३४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।
यस्तै १.६१देखि २.० जीपीए ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् । परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए । परीक्षा गत वैशाखमा भएको थियो ।