Logo
४ मंसिर २०८१, मंगलबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकको खाल्डाखुल्डी पुर्न नसकेको आरोप

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद धना खतिवडाले सरकारलाई संविधान कार्यान्वयन गर्नभन्दा संवैधानिक व्यवस्था तोड्न लागेको आरोप लगाएका छन् ।

नेपाल महिला संघका महासचिव खतिवडाले बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकार दुई तिहाइको दम्भ देखाएर संविधानमाथि बल मिच्याइँ गर्न उद्दत रहेकोे बताउँदै भने, ‘संविधानको व्यवस्था बाहिर गएर अहिले सभामुख र उपसभामुख एउटै पार्टीको छन्, यो विषयमा पार्टीले पटक पटक ध्यानाकर्षण गराएको छ, कुनै सुनुवाइ भएको छैन, सत्तारुढ दलले यस विषयमा तत्काल निर्णय गर्नुपर्छ ।

न्यायपालिकालाई संसद्को मातहत राख्ने प्रयासमा काँग्रेसले सहमति जनाउन नसक्ने सांसद खतिवडाले प्रष्ट पारेका छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा डा चिन्तामणि पोखरेललाई तीन वर्ष कार्यकाल बाँकी रहँदै राजनीतिक प्रतिशोधका आधारमा पदबाट हटाइनु आपत्तिजनक रहेको उनको भनाइ थियो । शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा १५३ अनुसार पद रिक्त भएको भनिने बाहेक अन्य कारणबाट हटाउन नपाइने व्यवस्था भएकाले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

सडकका खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले रेल र पानीजहाजको भाषण गर्नु हास्यास्पद भएको उनको भनाइ थियो । विभिन्न क्षेत्रमा बढाइएको करको दर पनि गलत रहेको बताउँदै उनले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले आकाश छुँदा पनि सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्नाको साटो प्रश्रय दिइरहेको आरोप लगाए । पछिल्लो समय देशैभरि बलात्कारका घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले जघन्य अपराध गर्ने दोषीलाई कडा कानूनी कारवाही गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्