Logo
४ मंसिर २०८१, मंगलबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका ३९ नेपाली महिलाको उद्धार

भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुकाे उद्धार गरिएको हो ।

राति १ बजेदेखि बुधबार बिहानसम्म प्रहरीकाे सहयाेगमा उनीहरूलार्इ राखिएकाे होटलमा छापा मारेर उनीहरूकाे उद्धार गरिएकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

याैन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूकाे उद्धार गरिएकाे हाे। एक साताको अवधिमा ७० भन्दा बढी महिलालाई भारतबाट उद्धार गरिएकाे छ । पीडित महिलाहरूले आफूहरूलाई राेजगारीकाे प्रलाेभनमा दिल्ली ल्याइएकाे बताए।

तर उक्त महिलाहरुले आफूखुशी इच्छुक भएर एजेण्टसंग मिलेर तेस्रो मूलुक जान लागेका हुन् । तर बिभिन्न संघ–संस्थाको दवाब र लोभ लालचमा परि उनीहरुले आफूहरुलाई झुक्याएर लग्न लागिएको बयान दिएका छन् भन्दै समचारहरुमा भनिएको छ ।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्