Logo
१४ मंसिर २०८१, शुक्रबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४० वर्षीय निर्दयी बुवाले गरे १७ वर्षीय छोराको हत्या

काठमाडौं, १६ साउन : घरायसी विवादपछि भक्तपुर स्थित एक जनाले आफूसँगै सुतेका १७ वर्षीय छोराको क्रूर हत्या गरेका छन् । मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले अाफूसँगै सुतेका १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले दाउले घाँटीमा प्रहार गरेर डिल्लीरामले आफूसँगै सुतेका छोराको हत्या गरेको जानकारी दिए । छोराको हत्या गरी भाग्दै गरेका चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्