Logo
४ मंसिर २०८१, मंगलबार
(July 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक नेतृत्व झन बढी आर्थिक नियम कानुन भित्र बस्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं १५ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले पनि आर्थिक नियम कानुनभित्र बस्नु पर्ने बताएका छन् । महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धि बैठकमा आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । राजनीतिले देशलाई बाटो देखाउनु भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताए । “के कारणले बेरुजु भएको हो ?”प्रधानमन्त्री ओलीले भने– “जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।”  प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताए । बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाती होइन” प्रधानमन्त्री ओलीले भने –“तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचार तिर तान्यो । यो क्रमलाई अब बिराम लगाउनु पर्दछ ।” बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४/०७५मा ४८ अर्ब रुपैंया बेरुजु देखिएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल र मन्त्रालयका सचिबहरुको उपस्थिती थियो ।

प्रकाशित मिति: Jul 31, 2018

प्रतिक्रिया दिनुहोस्