Logo
३ माघ २०८१, बिहीबार
(July 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रगाढ सम्बन्धका लागि नेपाल र भारतका विज्ञहरुको काठमाडौँमा सम्मेलन

काठमाडौँ : नेपाल र भारतबिचको सम्बन्ध प्रगाढ बनाउने उदेश्यका साथ नेपाल–भारत थिङ्क ट्यांक सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनमा नेपाल–भारतबिचको सम्बन्धलाई कसरी प्रगाढ बनाउने, त्यसमा देखिएका समस्या र चुनौतीबारे बहस हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान उद्घाटन गरेको समिटमा नेपाल र भारतका विज्ञको सहभागिता रहेको छ । असिएन इन्स्टिच्यु अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफियर र नेहरु मेमोरियल मियुजियम लाइब्रेरीको संयुक्तले आयोजना गरेका समिटमा पछिल्लो समय प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला भएका समझदारी कार्यान्वयन बारे पनि छलफल हुने नेपाली विज्ञले बताएका छन् ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिप सिंह पुरीले नेपाल र भारतबिचको सम्बन्धमा सुधार ल्याउन दुवै मुलुकका पछिल्ला उच्चस्तरीय राजनीतिक भ्रमणले सहयोग गरेको बताए । बिजेपी महासचिव राम माधव, कांग्रेस नेता गगन थापा, नेकपा नेता सुरेन्द्र पाण्डे, राजन भट्टराई लगायतका नेताहरु सम्मेलनमा सहभागी रहेका छन् ।

प्रकाशित मिति: Jul 31, 2018

प्रतिक्रिया दिनुहोस्