Logo
३ माघ २०८१, बिहीबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

NGO को माध्यमबाट चीनले नेपालमा लगानी बढाउने

काठमाडौं : चीनले गैरसरकारी संस्थाको माध्यमबाट नेपालमा लगानी बढाउनेमा चासो राख्दै यहाँ सहयोग अघि बढाउने घोषणा गरेको छ। चीनस्थित चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) ले दुवै नेपाल र चीन दुवै मुलुकका गैरसरकारी संस्थालाई संयुक्तरुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला जनाएको प्रतिवद्धता अनुसार चीनले सामाजिक क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धतता जनाएको हो। समाज कल्याण परिषद सदस्य सचिव डिल्ली भट्ट र सीएनआईका सदस्य सचिव झू रुईले सोमबार उक्त समझदारी पत्रमा हस्ताक्षर गरेको महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा मगरले जानकारी दिइन्।

उक्त हस्ताक्षर कार्यक्रममा मन्त्री थापा पनि उपस्थित थिइन । चीनका तर्फबाट उपविदेश मन्त्री वाङ वाजुन सहभागि थिए।थापाले चीनले गरेको समझदारीबाट नेपालको शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकासमा टेवा पुग्ने आशा व्यक्त गरिन्।

थापाले प्रधानमन्त्री केपी ओली शर्माको चीन भ्रमणपछि त्यहाँबाट सहयोग बढ्न थालेको समेत दाबी गरिन्। तीन वर्षका लागि गरिएको समझदारी अनुसार नेपालको कानुनमा टेकेर नेपालको शिक्षा, स्वास्थ्य, सामुदायिक विकास र विपद् व्यवस्थापनमा गैरसरकारी संस्थामार्फत उसले सहयोग गर्ने छ।

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्