Logo
२ माघ २०८१, बुधबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा संयोजकद्धारा कर्मचारी मञ्चका नेतालाई बिधान बिपरित महामन्त्रीमा मनोनयन

काठमाडौं, १३ साउन : स्वतन्त्र भनिएका नेपाल मधेशी निजामती कर्मचारी मञ्चका संस्थापक अध्यक्ष विनोद कुमार सिंहलाई राष्ट्रिय जनता पार्टी नेपालले महामन्त्रीमा मनोनित गरेको छ । पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बिधान अनाुसार भन्दै उनलाई महामन्त्री पदमा मनोनीत गरेका हुन् ।

संयोजक ठाकुरद्धारा हस्ताक्षरित मनोनयन पत्रमा भने, पार्टी बिधानको धार, उपधारा आदिबारे केहि खुल्लाइएको छैन । पत्र सार्वजनिक भए लगतै राजपाका बिभिन्न नेताहरुले उक्त मनोयन पत्र नै अबैधानिक रहेको दावी गरेका छन् ।नेताहरुले पार्टी बिधानमा महामन्त्री पद कँहि पनि उल्लेख नरहेकाले उक्त मनोनयन पत्र नै अवैधानिक भएको बताएका छन् ।

‘पार्टीमा संयोजकले जे चाहदैमा त्यो हुनैपर्छ भन्ने होइन, बिधानमा त्यो ब्यवस्था हुनु पनि उतिकै जरुरी हुन्छ’ राजपाका एक पदाधिकारीले भने ‘उहाँ सधारण सदस्य समेत होइन, डाइरेक्ट उहाँलाई कसरी महामन्त्री भन्न सकिन्छ ? हाम्रा संयोजक ज्यूको यो असक्षमता हो ।’

‘के कर्मचारी मञ्च हाम्रो भातृसंगठन हो र ? होइन भने कसरी उहाँलाई हामिले आफ्नो मान्ने ? फेरी उहाँ बिनोदजीले नै होइन, पार्टी कार्यालयमा तोड्फोड गराएको ?’ प्रति प्रशन गर्दै एक नेताले भने-‘न यसबारे अध्यक्षमण्डल वा कुनै समितिमा छलफल भएको छ, न बिधानमा त्यस्तो मनोयनको कुनै ब्यवस्था छ, अनि कसरी यसलाई जायज भन्ने ? त्यसैले यो अवैधानिक कार्य हो । मनको लड्डु ध्यूसंग खानु जस्तै हो ।’

‘जीवनभरी जागिर गर्ने, अनि अवकासका बेला राजनीतिमा आउने मनसायलई यो कार्यबाट प्रसाय हुने कार्य भएको नाम उल्लेख नगर्ने शर्तमा एक अर्को नेताले बताए । ‘हामि जीवनभर राजनीतिमा छौं, हाम्रो त्याग तपस्यालाई कुटाराघात गर्ने कार्य भएको छ, नागरिक टाइमससंगको कुराकानीमा उनले भने- ‘कोही जीवनभर पार्टीको झोला बोक्दा पनि कुनै ठूला पद नपाउने, अनि कोही सिधै आएर महामन्त्री भइहाल्ने ? यो राजनीतिक भ्रष्टचार हो ।’

सिंहलाई आइतबार राजपाको केन्द्रीय कार्यालय मधेश भवनमा महामन्त्रीमा मनोनित भएको पत्र दिइएको हो । सिंहले राजनीतिमा सक्रिय सहभागिताका लागि मञ्चबाट राजीनामा दिएका थिए । नागरिक टाइम्ससंगको कुराकानीमा उनले पत्र अनुसार आफू हर्षित भएको भन्दै पार्टीमा उब्जिएको बिवादबारे आफूलाई केहि जानकारी नभएको बताए ।

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्