नेप्से परिसूचक शून्य दशमलव ३८ प्रतिशतले बढ्यो
काठमाडौं : साताको पहिलो दिन कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।
कारोबार शुरु भएदेखि बढेको बजार दोस्रो घण्टाको अवधिमा ४ दशमलव ५० अङ्कले बढेर १ हजार १ सय ९५ दशमलव ७० विन्दुमा पुगेको छ । कारोबार भएका नौ समूहको परिसूचकमा होटल समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढ्न पुगेको हो ।