Logo
२ माघ २०८१, बुधबार
(July 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षी बनेपछि कांग्रेसको नयाँ रुप : बलात्कारीलाई मृत्युदण्ड दिन माग

काठमाडौं, १३ साउन : भनिन्छ प्रतिपक्षी राजनीतिक दलले मात्र पिडित जनताको मागलाई उठाँछ । आज भने ठिक त्यस्तै भएको छ । त्यसो त जनता केन्द्रित कुनै मुद्दालाई अधार बनाएर सरकारको बिरोध गर्नु प्रतिपक्षी राजनीतिक दलको धर्म झै हुन्छ । आज नयाँ रुप देखाउदै नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् ।

कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेका छन् । यसै सिलसिलामा निर्मला पन्तको बलात्कार भएको छ । कानुन संशोधन गरेर मृत्युदण्डकोसम्म कारवाही गर्नुपर्छ बलात्कारीलाई ।’ उनले सरकारले बलात्कारीलाई खोजेर कारवाही गर्नुको साटो स्थानीय जनतालाई कारवाही गरेको भन्दै उनले आक्रोश पोखिन् । उनले लासको राजनीति गर्न खोजेको भनेर कांग्रेसलाई लागेको आरोपको खण्डनसमेत गरिन् ।

रेग्मीअघि बोलेकी नेकपाकी सांसद निरुदेवी पालले निर्मलाको लासमाथि कतिपय दलले राजनीति गर्न खोजेको बताएकी थिइन् । त्यसैको प्रतिउत्तरमा रेग्मीले भनिन्, ‘बलात्कारको विरोधमा उत्रिएका जनतामाथि लाठी बर्साएको छ । धरपकड गरेको छ । यहाँ चाहिँ लासमाथि राजनीति नगर भन्ने ? लासको राजनीति गर्ने पार्टी नेपाली कांग्रेस होइन ।’ शून्य र विशेष समयमा बोल्ने सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् । कतिपय सांसदले यस विषयमा गृहमन्त्रीको जवाफसमेत मागेका छन् ।

टयूसन पढ्न गएकी पन्तको उखुबारीमा शव भेटिएको थियो । संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरे । कांग्रेसकी अर्का सांसद डिला संग्रौलाले सरकार हत्यारालाई पत्ता लगाउनु साटो पीडित परिवारलाई दमन गर्न उद्धत रहेको आरोप लगाइन् ।

यसैगरी नेकपाकी निरुदेवी पालले पन्तको हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको माग गरिन् । उनले पन्तको लासमाथि कतिपय दलले राजनीति गर्न खोजेको भन्दै त्यसो नगर्न सचेत गराइन् । सांसद संगिता गिरीले पन्तको हत्याबारे गृहमन्त्रीसँग जवाफ मागिन् । केहि व्यक्ति पक्राउ गरिएको भएपनि सार्वजनिक नगरिएकोमा उनको असन्तुष्टी छ । ‘बालिकाले लगाएको सुरुवाल पखालेर प्रमाण मेटाउने काम भएको छ । यसबारे गृहमन्त्रीसँग माग गर्दछु,’ उनले भनिन् ।

प्रकाशित मिति: Jul 29, 2018

प्रतिक्रिया दिनुहोस्