Logo
३ मंसिर २०८१, सोमबार
(July 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र डा. केसीपक्षबीच फेरि वार्ताको तयारी, मध्याहन्नपछि सहमती हुन सक्ने

काठमाडौँ  : पछिल्लो २७ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीका मागका बारेमा फेरि छलफल गर्ने प्रयास सुरु भएको छ । बुधबार भएको सरकारी वार्ता टोली र डा. केसी पक्षको टोलीबिचको वार्तामा सहमति जुट्न सकेको थिएन । डा. केसी पक्षका वार्ता टोलीका सदस्य डा. अभिषेक सिंहले सहमतिको प्रयासमा अहिले अनौपचारिक छलफल भैइरहेको र मध्याहन्नपछि औपचारिक वार्ता हुन सक्ने बताए ।

उनले बुधबार राति प्रधानमन्त्री लगायतको उच्चस्तरीय छलफलमा आफू संलग्न भएको र त्यो सकारात्मक रहेको उनको भनाई छ । उनका अनुसार बिहीबार सहमति हुने संभावना छ । सरकारी पक्षले संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसक्ने दोहोराएपछि डा. केसी पक्षले सरकारको व्यवहार परिवर्तन नभएसम्म वार्तामा नबस्ने घोषणा गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीको चासो र सक्रियतामा फेरि वार्ताको वातारण बनेको हो । प्रधानमन्त्री केपी ओलीले बुधबार राति डा. केसी पक्षलाई भेटेका थिए । प्रधानमन्त्री ओलीले सरकारले तर्फबाट तीनजनालाई सहमति खोज्ने जिम्मा दिएका छन् । सरकारले खटाएको टोली र डा. केसी पक्षका सदस्यबिच अहिले अनौपचारिक वार्ता भैइरहेको छ ।

प्रकाशित मिति: Jul 26, 2018

प्रतिक्रिया दिनुहोस्