Logo
३ मंसिर २०८१, सोमबार
(July 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वायुसेवाको दोस्रो वाइडबडी विमान ‘मकालु’ आइपुग्यो काठमाडौं

काठमाडौं, १० साउन : नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ए ३०३-२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा अवतरण भएको हो ।

मकालु नाम दिइएको विमानको कल साइन ९ एनएलजेट राखिएको छ ।  नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।

यसअघि गत असार २४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो ।  निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ । निगमका अनुसार दुवै वाइड बढी विमानको सिट क्षमता समान छ ।

कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

प्रकाशित मिति: Jul 26, 2018

प्रतिक्रिया दिनुहोस्