Logo
३ मंसिर २०८१, सोमबार
(July 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनशनरत डा. केसीको अवस्था एकदमै जटिल, तत्काल नरोकिए उनलाई जे पनि हुनसक्ने

काठमाडौँ : डा. गोविन्द केसीको आमरण अनशन तत्काल नरोकिए उनलाई जे पनि हुनसक्ने चिकित्सकहरुले बताएका छन् । यस्तै रहे उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने समेत चेतावनी चिकित्सकले दिएका छन् ।

त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागका एक चिकित्सकले डा. केसिको अवस्था अत्यन्त जटिल बनेको बताए ।

उनका अनुसार डा. केसीले उपचार गराउन अस्वीकार गर्दै आएका छन् । तर यस्तै रहे जेपनि हुन सकिनेछ ।

६१ वर्षीय डा. केसीले १५ औं आमरण अनशन सुरु गरेको बिहिवार २७ दिन पुगेको छ ।

‘जुनसुकै बेला अचेत बन्न सक्ने अवस्था छ,’ ती चिकित्सकले भने, ‘यस्तो भयो भने भविष्यमा दु:खद स्थिति निम्तिन सक्छ ।’ प्रा.डा. दिव्यासिंह शाहले समेत डा. केसीको अवस्था अत्यन्तै कमजोर भएको बताइन् ।

उनका अनुसार डा. केसीलाई बुधबार साँझसम्म तीनपटक बान्तासमेत भएको छ । मंगलबारदेखि नै मुटुको चालमा समेत गडबडी देखिएको छ । छाती दुखाइ एकदमै बढेको छ भने रगतमा सुगरको स्तरमा कमी छ । शरीरमा व्यापक मात्रामा इलेक्ट्रोलाइट, लवण आदिको असन्तुलनसँगै रक्तचापसमेत घटेको छ । चिकित्सकहरुका अनुसार यो अवस्थामा पुगेको बिरामीलाई तुरुन्तै आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: Jul 26, 2018

प्रतिक्रिया दिनुहोस्