Logo
३ मंसिर २०८१, सोमबार
(July 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्तावित प्रधानन्यायाधीश जोशी संसदीय सुनुवाईअघि नै विवादमा

काठमाडौं, ९ साउन : प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाईअघि नै शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । जोशीको सुनुवाई भोलि बिहीबार हुँदैछ । उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव मंगलबारकोे वैठकमा नेकपाका सांसदले राखेका थिए ।

प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध प्रमाणसहित उजुरी परेको छ । जोशीको सबैभन्दा ठूलो विवाद चाहिँ यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ । पराजुलीको शैक्षिक प्रमाणपत्रको विवाद प्रधानन्यायाधीश भइसकेपछि आएको थियो । तर, जोशीको सोही प्रकृतिको विवाद भने सुनुवाई नहुँदै आएकाले संसदीय सुनुवाई समितिमाथि छानबिनको दबाव परेको छ ।

तर, प्रमुख विपक्षी कांग्रेसले नमानेपछि संसदीय सुनुवाईका क्रममा विज्ञ नबोलाइने भएको छ । तर, कांग्रेस नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञ बोलाउन नहुने मत राखेका छन् । समितिको कार्यविधिमा संसदीय सुनुवाईका क्रममा आवश्यकता अनुसार विज्ञलाई बोलाउने सकिने उल्लेख छ । तर, यसरी बोलाइने विज्ञहरुलाई सुनुवाईका क्रममा प्रश्न गर्ने अधिकार हुने छैन ।

जोशीका सार्वजनिक जग्गा व्यक्तिलाई दिलाउन फैसला तथा नैतिक आचरणका पनि उजुरी परेको भन्दै नेकपाका सांसदहरुले सुनुवाईमा विज्ञ बोलाउने, गम्भीर प्रकृतिका उजुरीमाथि छानबिन गर्न समिति बनाउने प्रस्ताव राखेका थिए । तर, कांग्रेसले नमानेपछि बिहिबार हुने सुनुवाइमा विज्ञ बोलाइने छैन ।

कांग्रेस नेता कार्कीले भने आवश्यकताका आधारमा विज्ञ बोलाउने भनेर कार्यविधिमै लेखिएको बताए । तर, जोशीको बिहीबार हुने सुनुवाईमा भने विज्ञ बोलाउन आवश्यक नदेखेर आफूले अडान लिएको बताए । जोशीको सबैभन्दा ठूलो विवाद चाहिँ यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ ।

नेकपाका नेता योगेश भट्टराईले भने संसदीय सुनुवाइलाई थप पारदर्शी र जनसहभागितामुलक बनाउन सुनुवाईका बेला सम्वन्धित विषयका विज्ञलाई बोलाउने प्रावधान राख्न खोजिएको बताए । उनले जोशीविरुद्ध उजुरीका सन्दर्भमा भने समिति वैठकबाट उपयुक्त निकास दिइने बताए । नेकपा स्रोतका अनुसार जोशीको नक्कली प्रमाणपत्र विवाद लगायत अन्य विषयमा समिति बनाएर छानबिन गर्ने कि सामान्य सुनुवाई गरेर टुङ्गो लगाउने भन्ने बारेमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको निर्देशनको पर्खाइमा सांसदहरु छन् ।

प्रकाशित मिति: Jul 25, 2018

प्रतिक्रिया दिनुहोस्