Logo
३ माघ २०८१, बिहीबार
(July 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आउँदा अमेरिकी नागरिकबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न आग्रह

काठमाडौं, ९ साउन : नेपालका लागि अमेरिकाकी राजदूत अलाइन टेप्लिजले अमेरिकी नागरिकहरुबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरावलोकनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा भने अमेरिकी सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पारेकी छन् ।

आफ्नो कार्यकाल सकिनै लाग्दा गृहमन्त्री रामबहादुर थापा (बादल)सँग बुधबार शिष्टाचार भेट गरी राजदूत अलाइनले प्रवेशाज्ञा शुल्क पुनरावलोकनको जिज्ञासा राखेकी हुन् ।  जवाफमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए ।

भेटका क्रममा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत कुरा भएको थियो । विदाइ भेटमा राजदूत अलाइनले १३ दिनपछि कार्यकाल सम्पन्न गरेर अमेरिका र्फकन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाइ सुखद रहेको बताएकी छन् ।

प्रकाशित मिति: Jul 25, 2018

प्रतिक्रिया दिनुहोस्