Logo
३ मंसिर २०८१, सोमबार
(July 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री तयार : बालुवाटारमा भयो सहमति

काठमाडौं, ९ साउन : अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ सहमति भएको छ ।

संसदमा दर्ता भएको चिकित्सा शिक्षा विद्येयकमा केही परिमार्जन गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् ।श्रोतले भन्यो अब औपचारिक रुपमा वार्ता हुनेछ । संभवतः आजै डा. केसीको अनसन तोडिनेछ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा नेता सुवास नेम्वाङ र केदारभक्त माथेमाबीच भएको छलफलमा डाक्टर केसीका माग सम्बोधन गर्न सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

 

प्रकाशित मिति: Jul 25, 2018

प्रतिक्रिया दिनुहोस्