Logo
३ माघ २०८१, बिहीबार
(July 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुवाण्डाको रबेरु गाउँका गरिब बासिन्दालाई मोदीले दिए दुई सय गाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मित्रराष्ट्रलाई गाई उपहार दिएर ‘गाई कूटनीति’ को अभ्यास गरेका छन् । एक भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले रुवाण्डालाई मंगलबार दुई सयवटा गाई हस्तान्तरण गरेर यस्तो अभ्यास गरेको एएफपीले जनाएको छ ।

राजधानी किगालीबाट दक्षिणतर्फ रहेको रबेरु गाउँका गरिब बासिन्दालाई मोदीले गाई हस्तान्तरण गरेको अधिकारीहरूले बताएका छन् । हस्तान्तरण गरिएका गाईबाट त्यहाँका बालबालिकाले दूध उपभोग गर्न पाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

रुवाण्डासँगै मोदीले युगाण्डाको पनि भ्रमण गरेका छन् । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाएको अधिकारीहरूले बताएका छन् ।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले चीन, रुस, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूसँग जोहानेसबर्गमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

‘रुवाण्डाको ग्रामीण क्षेत्रको अवस्थाले मलाई प्रभावित बनायो, एउटा नमुना गाउँका बासिन्दालाई गाई उपहार दिन पाएकाले मलाई यो भ्रमण स्मरणीय भएको छ,’ प्रधानमन्त्री मोदीले भने ।

उनले आफूलाई अमूल्य अवसर दिएको भन्दै रुवाण्डाका राष्ट्रपति पाउल कागामेलाई धन्यवाद पनि दिएका छन् । मोदी र कागामेबीच विभिन्न सहयोग आदानप्रदान सम्झौतासमेत भएको छ ।

प्रकाशित मिति: Jul 25, 2018

प्रतिक्रिया दिनुहोस्