Logo
३ मंसिर २०८१, सोमबार
(July 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र केसी पक्षबीच वार्ता : सुवास नेम्वाङ र केदारभक्त माथेमाले समन्वय गर्दे

काठमाडौँ : अनशनरत चिकित्सक प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ । बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सरकार पक्ष र केसीपक्षबीच अनौपचारिक छलफल भइरहेको छ । यसको समन्वय सुवास नेम्वाङ र केदारभक्त माथेमाले गरिरहेका छन् ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी २६ दिनदेखि अनशनरत छन्  र उनको स्वास्थ्यस्थित खराब हुँदै गएको छ। सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा विज्ञहरुसँग गरिएको छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको हो।

विज्ञहरुको सुझाव र डा केसीको मागका आधारमा संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनका बुँदाहरु तयार गरेर औंपचारिक वार्ता हुने तयारी भएको छ। सरकारी वार्ता समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आफूहरु परामर्शमा रहेको तथा वार्ता र सहमतिका लागि सकारात्मक वातावरण बन्दै गएको बताए।

 

प्रकाशित मिति: Jul 25, 2018

प्रतिक्रिया दिनुहोस्