Logo
३ मंसिर २०८१, सोमबार
(July 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री निवासअगाडि नेविसंघको विरोध प्रदर्शन

काठमाडौं, ८ साउन : विपक्षी दल नेपाली काँग्रेसको भाृत संस्था नेविसंघले आज पनि विरोध प्रदर्शन गरेको छ । केपी ओली नेतृत्वको सरकार गठन भएयता नेविसंघले लगातार विरोध प्रदर्शन गर्दै आएको छ । अाज बंगालादेशमा मेडिकल शिक्षा पढ्ने छात्राबारे अर्मयादित अभिव्यक्ति दिएका कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग गर्दै प्रधानमन्त्री निवासअगाडि मंगलबार बिहान विरोध प्रदर्शन गरिएको हाे ।

यस अघि मण्डला, बानेश्वर हुँदै नेविसंघले विभिन्न ठाँउमा विरोध प्रदर्शन गरेको थियो । नेविसंघका महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा धर्ना कार्यक्रममा आयोजना भएको हो । विरोध कार्यक्रममा विद्यार्थी नेताहरु जानुका पन्त, तुलसा पन्त, ललिता सुनुवार, पुनम लामाले सम्बोधन गरेकाे केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

प्रकाशित मिति: Jul 24, 2018

प्रतिक्रिया दिनुहोस्