Logo
१ मंसिर २०८१, शनिबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न पूर्वराष्ट्रपति डा.रामवरण यादवको आग्रह

काठमाडौं : पूर्वराष्ट्रपति डा.रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका गर्न सकारलाई आग्रह गरेका छन् ।

डा.केसीका मागहरु बार्ताबाट छिटो समाधान गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै पूर्वराष्ट्रपति यादवले नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारकै भएको स्मरणसमेत गराए ।

सोमबार शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनले संचारकर्मीहरुसँग कुरा गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

केसीको अवस्था संवेदनशील भएको भन्दै उनले समस्या समाधान गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।
डाक्टर केसीले पछिल्लो पटक आमरण अनसन सुरु गरेको २४ औं दिन पुगेको छ ।

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्