जुम्ला झडपमा घाइते प्रहरी जवानलाई थप उपचारका लागि काठमाडौँ ल्याईयो
जुम्ला झडपमा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि काठमाडौँ ल्याईएको छ । प्रहरी जवान उपाध्यायकाे अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेकाे छ ।
उनलाई बिहीबार जुम्लाबाट नेपालगंज मेडिकल कलेजमा पुगाईएपनि थप उपचारका लागि शुक्रबार बिहानै काठमाडौँ ल्याईएको हो ।
बिहीबार प्रहरीले डा.गोविन्द केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गरेपछि भएको झडपमा उपाध्याय घाइते भएका थिए ।