धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई सोह्र लाखको स्वास्थ्य सामग्री प्रदान
बागलुङ : धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई मंगलबार रु १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ ।
इटालीको गैरसरकारी संस्था ९एएनटी० को आर्थिक सहयोग, नेपालस्थित ‘डे वान हेल्थ’ र ९एमटिटीएस० को सहकार्यमा लायन्स क्लब अफ बागलुङले ती सामग्री प्रदान गरेको हो ।
प्रसूति सेवालगायत विभिन्न उपचारमा प्रयोग हुने १८ प्रकारका सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रकाश चालिसेले जानकारी दिए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वास्थ्य सामग्री अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीलाई हस्तान्तरण गरेका थिए ।
चिकित्सक राजभण्डारीले बिरामीलाई गुणस्तरीय सेवा दिन नयाँ उपकरण र सामग्रीले सघाउ पुग्ने धारणा राखे । “स्तरीय र नयाँ प्रविधियुक्त सामग्री अस्पतालले पाएको छ,” उनले भने, “हामी यसको सही सदुपयोग र संरक्षण गर्छौं ।” उहाँले उपकरण भएर पनि समुचित प्रयोग नहुने अवस्था कतिपय स्वास्थ्य संस्थामा रहेको भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिए ।
नगर प्रमख पौडेलले विदेशी संस्थासँगको सहकार्यमा लायन्स क्लबले अस्पतालमा सहयोग भित्र्याएकोमा प्रशंसा गरे ।
“अस्पताललाई लाखौँ मूल्य पर्ने सामग्री निःशुल्क उपलब्ध भएको छ,” उनले भने, “यसका निमित्त सक्रिया देखाउनुहुने सबैको भूमिका सराहनीय छ ।” उहाँले दाताले दिएको सहयोगको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । लायन्स क्लब अफ बागलुङले मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको छ ।