Logo
३ मंसिर २०८१, सोमबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ-मुग्लिन खण्डको लगभग २० मिटर लम्बाइमा आधा सडक भास्सियो

चितवन, २७ असार : नारायणगढ मुग्लिन सडकखण्डको गाइघाट नजिक सडक भास्सिएको छ । सडकमा समस्या आए पनि सवारी आवागमन भने सुचारु नै छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मंगलबार साँझ सो क्षेत्रमा ठुलो पानी आएर पहिरो पनि गएको थियो ।

त्यसपछि सडक भास्सिएको हो । ‘नाराणगढबाट १७ किलो मिटर पर मुग्लिनतर्फ गाइघाट नजिक समस्या आएको हो । लगभग २० मिटर लम्बाइमा आधा सडक भास्सिएको छ । भास्सिने समस्या बढ्ने अवस्थामा छ ।

खनालले भने ‘त्यो ठाउँमा गाडी भने एकतर्फी चलेका छन् । के कारणले यो समस्या आएको हो ? विज्ञ टोली आजै आएर सोध खोज गर्दै छ, ।’

तीन वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ मुग्लिन सडकको लगभग ९५ प्रतिशत काम पुरा भएको छ ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्