Logo
१४ मंसिर २०८१, शुक्रबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपन्न परिवारका बालबालिकालाई शिक्षा सहयोग

नेपालगञ्ज : आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ ।

सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई वडा कार्यालयले स्थानीय सेन्टथोमस बोर्डिङ स्कूलमा १ देखि १० कक्षासम्म अध्ययनको व्यवस्था मिलाएको हो । यसैगरी, सोही समुदायकी युवती खुशी चिडिमारको बिबीए अध्ययनका लागि वडा नं १२ को कार्यालयले रु ५० हजार नगद सहयोग उपलब्ध गराएको अध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।

यसैगरी आमाबुबा गुमाएका पाँच जना बालबालिकाका परिवारलाई सो वडा कार्यालयले एक महिनालाई पुग्ने चामल, दाल, तेल, नून, चाउचाउलगायतका खाद्यान्न सामग्रीसमेत उपलब्ध गराएको छ । (रासस)

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्