Logo
३ माघ २०८१, बिहीबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशको बाढी र पहाडको पहिरोलाई उच्च निगरानीमा राख्न राजपाको माग

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले मधेशको बाढी र पहाडको पहिरोलाई उच्च निगरानीमा राख्न राजपाको माग गरेको छ । राजपाले एक विज्ञप्ती जारी गर्दै त्यस्तो माग गरेको हो । बाढी र पहिरोमा परि ज्यान गुमाएकाहरु प्रति राजपाले समबेदना समेत ब्यक्त गरेको छ ।

‘बाढी र पहिरोमा परि ज्यान गुमाउनु भएका मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ र मृतकहरुको परिवारजन प्रति हार्दिक समबेदना व्यक्त गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै ‘बाढी पहिरोबाट पिडित मृतकको परिवारलाई क्षतिपूर्ति र घाईतेहरुको उचित उपचारको व्यवस्था तथा राहत प्रदान गर्नको साथै तराई मधेशका बाढी र पहाडका पहिरो सम्भावित जोखिमयुक्त जिल्लाहरुलाई उच्च निगरानीमा राखी आपतकालिन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई सक्रिय गर्न समेत नेपाल सरकारसंग राष्ट्रिय जनता पार्टी नेपाल जोडदार माँग गर्दछ ।’ विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्