Logo
१ मंसिर २०८१, शनिबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छुट्टै ब्राण्ड बनाएका राजकुमार हिरानी एक खतरनाक मानिस हुन्

राजकुमार हिरानी निक्कै खतरनाक मानिस निस्किए । त्यति मात्र होइन उनी नैतिक रुपमा पतित, अत्यधिक गैर जिम्मेवार, महिलालाई हेयको नजरले हेर्ने र कुनै नैतिकता नभएको मानिस भएको पुष्टि गरे । चमकधमकपूर्ण बलिउड फिल्मबाट मानवका राम्रा गुणको प्रचार गरेर एउटा छुट्टै ब्राण्ड बनाएका हिरानीले हाल आएर बलिउडको सबैभन्दा ठूलो फेक–न्यूज–फिल्म बनाएका छन् ।

अझ डरलाग्दो कुरा मानिसहरुले हिरानीले भनेको आँखा चिम्लेर विश्वास गर्ने भएकाले भावि दिनमा भारतीय पत्रकारिता उस्तै रहदैन भन्ने पक्का भए हुन्छ । हिरानीले सञ्जु फिल्मबाट पत्रकारितालाई पु¥याएको जति हानी कसैले पु¥याउन सक्दैन । दैनिक रुपमा नाम चलेका सम्पादकहरु र पत्रकारहरुमाथि आक्रमण भोगिरहेको भारतीय पत्रकारिता अहिले निस्सासिँदो अवस्थाबाट गुर्जिरहेको छ । यहि बेला हिरानीले भारतीय पत्रकारिताको अन्तिम श्वास पनि लिने काम गरेका छन् ।

फिल्मले ‘चिच्याई–चिच्याई’ समाचार माध्यम प्रति अविश्वास फैलाएको छ । फिल्मका अनुसार पत्रकारिताले नै सञ्जुलाई आतंकवादी बनाएका हो, नत्र त उनी एक निर्दोष पारिवारिक व्यक्ति हुन् ।  पुरै फिल्म कुनै सामाजिक सञ्जालमा आउने नैतिकता नभएको समाचार जस्तो छ ।

सञ्जु फिल्मलाई दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो भाग ड्रग्सको बारेमा छ भने दोस्रो भाग बन्दुकको बारेमा छ । हिरानीका अनुसार दत्तले ड्रग्स लिनुको कारण उनको एक साथीले (जिम सरबाहले अभिनय गरेका) उनलाई ड्रग्सको लत बसाएको निष्कर्ष दिएका छन् । जिम त्यस्तो खलनायक रुपमा देखाइएको जसले आफू ग्लुकोज पाउडर खाएर दत्तलाई साँच्चैको ड्रग्सको लतमा पारेका छन् ।

उक्त घटनामा अदालतबाट टाडामा नमुछिएका सञ्जय दत्त मात्र हुन् । यहाँसम्म कि पछि सञ्जयको घरबाट हटाइएको हतियार लगेर राखिएको जैबुनिस्सा काजी नामकी एक साधरण गृहणी महिलालाई पनि टाडा अन्तरगतनै कारबाही गरियो । जबकी पछि गरिएका अनुसन्धानबाट उनलाई आफ्नो घरमा राखिएको झोलामा हतियार नै रहेको बारेमा थाहा नभएको देखिन्छ । आतङ्कवादी गतिविधिको आरोपमा काजीलाई जेल सजाय दिइँदा उनी ७३ वर्षे बृद्ध उमेरकी थिइन् ।

त्यति मात्र होइन जब फिल्ममा एक लेखिका यसबारेमा सत्य लेख्ने विचार गरिरहेकी हुन्छिन् तब ऊ पुनः फर्केर आएर लेखिकालाई साँचो कुरा लेख्नबाट रोक्न पुग्छन् । यी दृश्यबाट दर्शकलाई बताउन खोजिएको कुरा हो –सञ्जय नायक थिए, सरबाह अपराधी र हिरानी मास्टरमाइण्ड ।

दास्रो भाग बन्दुकको बारेमा छ । उनी अण्डरवर्ल्ड डनको साथी हुनुमा फिल्मले कारण दिएको छ – उनलाई यसो गर्न बाध्य पारियो । उनले बन्दुक मागे किनकी उनको पितालाई धम्की दिइएको थियो । उनको बहिनीहरुलाई बलात्कारको धम्की आएको थियो र उजुरी गर्दा सिस्टमले सहयोग गरेन । त्यसैले उनीसँग अन्य विकल्प थिएन । विचरालाई आफ्नो सुरक्षाको लागि बन्दुक राख्नै पर्ने भयो ।

जब उनी बन्दुक राखेको दोषमा समातिर र दोषी पाइए, फिल्मका अनुसार दोष मिडियाको थियो । किनकी मिडियाले उनलाई आतङ्कवादी बनाएर देखायो । उनी कसरी टाडा(आतङ्कवादी तथा ध्वाङ्सात्मक गतिविधी ऐन) अन्तर्गत सजाय पाउनबाट बचेँ त्यो कुरा भने फिल्ममा कुनै उल्लेख गरेकै छैनन् । फेरी फिल्मको निष्कर्ष छ – सञ्जु नायक, सञ्चार माध्यम दोषी र हिरानी मास्टरमाइण्ड ।

फिल्मका महिला पात्रको कुरा गर्ने हो भने मनिषा कोइराला, अनुष्का शर्मा र सोनम कपुरजस्ता प्रतिभाहरुलाई मुख्य पुरुष पात्रलाई राम्रो देखाउनकै लागि मुर्ख जसरी प्रस्तुत गरेको हेर्दा चित्त दुख्छ । एक छिन फिल्मले केही महिलाको गरेको चरित्र चित्रण हेरौँ । सञ्जुले आफ्नो सबैभन्दा मिल्ने साथीकी (विक्की कौशलले अभिनय गरेका) प्रमिकासँग शारीरिक सम्पर्क राख्छन् किनभने केटी अनैतिक थिइन् र उनले नै सञ्जुलाई उक्साएकी थिइन् ।

सञ्जुले आफ्नी प्रेमिकाको (सोनम कपुरद्वारा अभिनित) मृत पिताको मजाक उडाउँछन् किनकी उनलाई त्यस अघि नै एक हास्य पात्रको रुपमा देखाइसकिएको हुन्छ । हिरानीले फिल्ममा पुरुष मुख्य पात्र र महिला मुख्य पात्रको अभिनय निभाएका पिताहरुलाई कसरी देखाएका छन् त्यसबाटै फरक महसुस गर्नुहुन्छ ।

अनुष्का शर्माले एक सफल लेखिकाको अभिनय गरेकी छिन् । उनले सञ्जुले आफूले शारीरिक सम्पर्क राखेको महिलाको सङ्ख्या साचो बताएकै आधारमा उनीमाथि विश्वास गर्छिन् । फिल्मको अन्त्यसम्म उनी सञ्जुले भनेको कथाबाट यति प्रभावित हुन्छिन् कि उनले सञ्जुले भनेका कुरामा न पृष्ठभूमि जाँच्नुपर्ने, न क्रस भेरिफिकेसन गर्नु पर्ने वा अनुसन्धान गर्नु आवश्यक ठान्छिन् ।

सञ्जुको दुई बहिनीहरुलाई त झन् कुनै सम्वादनै नदिई पुतलामा बदलिएको छ । जब सञ्जु सोनमले अभिनय गरेको पात्रसँग विवाहको दिन आइपुग्दैनन्, दोष ड्रग्सको थियो । उनी त्यो दिन ड्रग्स खाएर बेहोस भएर बसेका थिए । ड्रग्सको प्रयोगको लागि दोष दिन त साथी पहिले नै तयार छ । हिरानीको फिल्मी संसारमा प्रत्येक पात्र प्रमुख पुरुष पात्रलाई महान् देखाउन राखिए जस्ता देखिन्छ ।

यदी तपाईले सञ्जुको जीवनको टाडा खण्डको केही मात्रै अध्ययन गर्नु भयो भने पनि तपाईले फिल्मको कथामा हिरानीले कति काँटछाँट गरे भन्ने थाहा पाउनुहुन्छ । उक्त घटनामा अदालतबाट टाडामा नमुछिएका सञ्जय दत्त मात्र हुन् । यहाँसम्म कि पछि सञ्जयको घरबाट हटाइएको हतियार लगेर राखिएको जैबुनिस्सा काजी नामकी एक साधरण गृहणी महिलालाई पनि टाडा अन्तरगतनै कारबाही गरियो ।

जबकी पछि गरिएका अनुसन्धानबाट उनलाई आफ्नो घरमा राखिएको झोलामा हतियार नै रहेको बारेमा थाहा नभएको देखिन्छ । आतङ्कवादी गतिविधिको आरोपमा काजीलाई जेल सजाय दिइँदा उनी ७३ वर्षे बृद्ध उमेरकी थिइन् । दत्तको घरसम्म हतियार ल्याउने बाबा मुस्सा चौहान र समिर हिङ्गोरालाई पनि टाडा अन्तर्गत सजाय दिइँदा सञ्जय दत्तलाई हतियार राखेको सामान्य कानुनमा कारबाही गरिनु विडम्बना हो । कतिसम्म भने दत्तको घरबाट हतियार निकालेर बाहिर लाँदा प्रयोग भएको कारका मालिक मन्जुर अहमदलाई पनि टाडा अन्तर्गतनै कारबाही गरिएको छ ।

पछि दत्तका वकिल सत्तिस मनिशन्देले तेहेल्का अनलाईन समाचारले गरेको गोप्य अप्रेशनका क्रममा लुकाइएको क्यामेरामा “जैबुनिस्सा काजीलाई दोषी सजाय दिइसकेपछि एक पटक त सञ्जय पनि टाडा अन्तर्गतनै दोषी हुने हो कि भन्ने मैले सोचेको थिएँ” भनेर स्वीकार गरेका छन् । सजाय दिइए पछि जैबुनिस्साकी छोरीले “आफू पनि सेलिब्रिटी वा आफ्नी आमा सेलिब्रेटी अथवा आफू कुनै सांसदकी बहिनी भइदिएको भए” भन्ने चाहना राख्नुले भारतमा प्रभावले कानुनी सजायमै असर पार्ने विडम्बना प्रतिनै संकेत गर्छ ।

हिरानीको सम्पूर्ण ध्यान सञ्जुले आफ्नी आमालाई माया गर्थे, बुबाको बारेमा एकदम ख्याल गर्थे र साथीको लागि ‘यारोका यार’ थिए भन्ने देखाउनु रहेको छ । त्यसैले सञ्जुको आमाबुवासँगको सम्बन्धका दृश्य अत्यन्त भावुक छ । ती दृश्यहरुमा तपाईंलाई रुमाल चाहिन सक्छ । साथीसँगका दृश्य भावुक र ठट्यौलीको मिश्रणयुक्त छ ।

समाचार, तथ्य, नैतिकता, सिद्धान्त, विश्वस्नीयता र समाचारको स्रोत निर्माण गर्न हुने वर्षौँको खर्च कुनै पनि हिरानीको फिल्मी दुनियाँमा अस्तीत्वमै छैन । दैनिक रुपमा बलात्कार र हत्याको धम्की खेपेर पनि आफ्नो ज्यानलाई खतरामा राखेर पनि सत्य बाहिर ल्याउने पत्रकारहरु हिरानीको संसारमा छैनन् । म अझ धेरै पत्रकारहरु र सम्पादकहरुले सञ्जु हेरुन् र हिरानीको यो घृणीत कार्यको विरोध गरुन् भन्ने चाहन्छु ।

बाँकीको सन्दर्भमा दृश्यहरु सञ्जुलाई नायक देखाउन मात्र राखिएको देखिन्छ । त्यसैले उनीहरु या त खलनायक हुन या त रमाइलोको लागि राखिएका हुन् । उदाहरणको लागि प्रकाश बेलावादीलाई लिनुस् । दुई दृश्य पाएका उनले एक समाचारपत्रको सम्पादकको भूमिका अभिनय गरेका छन् –जसमध्य एकमा उनी खलनायक छन् अर्कोमा हाम्रो हिरोले जितेको अवस्थामा देखाइन्छ । अहिलेसम्म यस्तो एक पक्षीय र पूर्वाग्रही कथा मैले हेरेकै छैन ।

अन्तरवार्ताहरुमा हिरानीले आफूलाई सञ्जुको जीवनका नराम्रा पक्षहरु लुकाएर राम्रा पक्षहरु मात्र देखाउन कुनै आवश्यकता नभएको भनेका छन् । हुन त उनको त्यस्तो नियत नहुन सक्छ तर परिणाम त्यही आएको छ । फिल्ममा सञ्जुले जेलका कैदीहरुलाई समाचारपत्रहरु धेरै पैसाको लागि बिकाउनु पर्ने, बिकाउनको लागि मसाला चाहिने र टाडा/आरडीएक्स यहि मसाला मात्र भएको भन्छन् ।

समाचार, तथ्य, नैतिकता, सिद्धान्त, विश्वस्नीयता र समाचारको स्रोत निर्माण गर्न हुने वर्षौँको खर्च कुनै पनि हिरानीको फिल्मी दुनियाँमा अस्तीत्वमै छैन । दैनिक रुपमा बलात्कार र हत्याको धम्की खेपेर पनि आफ्नो ज्यानलाई खतरामा राखेर पनि सत्य बाहिर ल्याउने पत्रकारहरु हिरानीको संसारमा छैनन् । म अझ धेरै पत्रकारहरु र सम्पादकहरुले सञ्जु हेरुन् र हिरानीको यो घृणीत कार्यको विरोध गरुन् भन्ने चाहन्छु ।

हिरानी दत्तको पूरै जीवनको कथ्यलाई बदल्न सफल भएका छन् । उनले कुनै पनि समस्याग्रस्त क्षेत्रलाई छोएका पनि छैनन् । यसरी उनले आफ्नो नायकलाई दोष मुक्त देखाएका छन् । यदी कसैलाई इतिहास पुनर्लेखन गर्नुछ भने हिरानीलाई मगाउनुहोस् ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्