Logo
३ मंसिर २०८१, सोमबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माग पुरा नभएसम्म आफू काठमाडौं नफर्कने र अनशन पनि नतोड्ने : डा. केसी

काठमाडौं : चिकित्सा शिक्षा अध्यादेश पुरानै अवस्थामा जारी हुनु पर्ने माग गर्दै जुम्लाको सदरमुकामस्थित कवर्ड हलमा अनशन जारी राखेका डा. गोविन्द केसीले सरकारले आफ्नो माग पुरा नगरेसम्म आफू काठमाडौं पनि नफर्कने र अनशन पनि नतोड्ने अडान जारी राखेका छन्।

डा. केसीले भने’, मेरो माग आम नेपालीको हकहितमा छ । जबसम्म प्रतिस्थापन विधेयक आम नेपालीको हकहितमा आउँदैन तबसम्म मेरो लडाई जारी रहने छ। अनशन बस्नु अघि स्वास्थ्य जाँच गर्नबाट समेत बञ्चित डा. केसीले ठूलो हलमा म्याट ओछ्याएर अनशन जारी राखेका हुन् ।

डा. केसीले चिकित्सा शिक्षा विधेयकमा स्नातकोत्तरपछि दुई वर्ष सेवा दिने व्यवस्था बाहेक अरु कुनै पनि बुँदा परिवर्तन नगरी प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने माग अघि सारेका छन्।

डा. केसी अनशनका लागि शुक्रबार जुम्लाको यात्रा तय गरेकै दिन उक्त विधेयक मन्त्रीपरिषद् बैठकले पारित गरी संसद सचिवालयमा दर्ता गराएको थियो।

डा. केसीका समर्थक किशोर केसीले जुम्लाबाट भने’, सर रातभरी चिसो हलमा म्याट ओछ्याएर सुत्नु भयो । उहाँको स्वास्थ्यमा एकै दिन बदलाव आएको छ। हामी चिन्तित र गम्भीर दुवै छौ।

यस्तै आफ्नै अस्पताल नभएपनि मेडिकल कलेज खोल्नका लागि आशयपत्र दिन मिल्ने प्रावधान पनि विधेयकमा गरिएको छ। प्रतिस्थापन विधेयकमा सार्वजनिक मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था समेत हटाइएको छ।

उक्त अध्यादेशलाई केपी ओली सरकारले पनि सुरुमा जस्ताको त्यस्तै जारी गरेको थियो। तर आफैले अपनत्व लिएर जारी गरेको अध्यादेशको प्रावधान विपरित उसले संसद सचिवालयमा प्रतिस्थापन विधेयक दर्ता गरेको छ ।

संसदमा दर्ता भएको विधेयक पारित भएमा अव उपत्यकामा मनसायपत्र पाएका मनमोहन लगायत मेडिकल कलेज र झापामा प्रस्तावित बिएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने छन्।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्