Logo
२ माघ २०८१, बुधबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग

काठमाडौँ : प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग गरेकी छिन् ।

उनले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएका तर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद पुष्पा भुसालले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने विधेयक ल्याउन सरकारसित माग गर्दै आफ्नो पार्टी सदन छाडेर नबाहिरिने स्पष्ट पारेकी छिन् । सांसद अमृता अग्रहरिले तराई– मधेश जिल्लामा धान रोप्ने समयमा मल तथा डिजेलको अभाव रहेका तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद उमाशंकर अगरियाले धनुषा जिल्लाका नदी नियन्त्रणका लागि बजेट नभएको हुँदा वर्षात् बाढी आउँदा स्थानीय बासिन्दा अहिले बिचल्लीमा परेका छन् भने ।

सांसद प्रेम सुवालले नेपाली भूमि सीमा क्षेत्रमा अतिक्रण हुँदा सरकार के गर्दैछ भन्ने प्रश्न गर्दै सीमा क्षेत्रमा बनेका बाँधका कारण नेपाली भूमि वर्षात्का समयमा डुबानमा परेको बताए् । सांसद हृदयेश त्रिपाठीले संविधानअनुसार राज्य पुनःसंरचना गर्दा संरक्षित र विशेष क्षेत्र घोषणा गर्न माग गरे । सांसद राजेन्द्र केसीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यसको असर सबैतर्फ परेको बताउँदै सरकारले निषेधित क्षेत्र घोषणा गरी लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए ।

सांसद महेश्वर गहतराजले तराई–मधेश जिल्लाका नदी नियन्त्रणमा ध्यान दिन माग गरे । सांसद नरबहादुर धामीले महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार २७ चिकित्सक पठाउन सरकारसित माग गरेका छन् । सांसद दलबहादुर रानाले पाल्पा जिल्लामा रहेका विद्यालयका भौतिक पूर्वाधारमा ध्यान दिन र शिक्षक दरबन्दी मिलानमा ध्यान दिन आग्रह गरेका छन् ।  सांसद नवराज सिलवालले काठमाडौँ उपत्यकालाई प्रदूषणमुक्त शहर बनाउन सरकारले विशेष कार्ययोजना ल्याउनुपर्छ भने । सांसद दुर्गा पौडेलले प्रा डा गोविन्द केसीका विगतका मागलाई कार्यान्वयन गर्न सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्