चितवनमा पिर्काले हानेर गरिन श्रीमानको हत्या
चितवन : माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् ।
४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाकारी दिएको छ ।चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खाना खाने समयमा सामान्य विवादपछि श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन् ।
श्रीमानको हत्यापछि कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।