Logo
२ माघ २०८१, बुधबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गगन थापाले सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयको विरोध गरे

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयको विरोध गरेका छन् ।

संसदको आइतबारको बैठकमा शुन्य समयमा बोल्दै थापाले कम्युनिस्ट परिभाषा अनुसारको दलाल पूँजीपतिको मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा सदनमा चिकित्सा शिक्षाको विधेयक ल्याइएको बताए ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले सरकारलाई प्रश्न गरे, “मेडिकल कलेज खोल्ने नाममा दलाल पुँजीपतिलाई रक्षा गर्ने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागिएका हो ?”
उनले कम्युनिस्ट पार्टीको सरकार भएका बेला दलाल पुँजीपतिको रक्षा गर्न नोकरशाही अर्थतन्त्रको विकास गरिनु दुखद भएको प्रसंग उप्काए ।

उनले गाउँगाउँमा स्वास्थ्य सुविधा पुर्याइनुपर्ने र मेडिकल शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा। गोविन्द केसीका मागको सम्बोधन गर्न सरकारसँग आग्रह पनि गरे ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्