अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
एजेन्सी : विश्वकप २०१८ बाट बाहिरिएलगत्तै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् ।
शनिबारको खेलपछि ३४ वर्षिया मास्चेरोनाले डिपोर्ट टिभीसँग भनेका छन्, ‘व्यक्तिगत रुपमा मेरालागि अब सबै पूरा भयो । अबदेखि म मात्रै थप भएको अर्जेन्टिनाको फ्यान हुँ ।’
२००३ मा सिनियर करिअर सुरु गरेका मास्चेरानोले लगातार चौथो पटक विश्वकप खेलेका थिए । उनले राष्ट्रिय टिमबाट १४५ औं पटक फ्रान्सविरुद्ध खेलेका छन् । फ्रान्सविरुद्धको खेलमा ४-३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना प्रि-क्वाटर फाइनलबाटै बाहिरिएको छ ।