Logo
३ मंसिर २०८१, सोमबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साढे २ करोड अनियमितता गरेको अभियोगमा ४ पूर्व बैंकर्स पक्राउ

काठमाडौं : बैंकिङ्ग कसुरको अभियोगमा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको केन्द्रीय अनुसन्धान व्यूरोले सामुदायिक लघुवित्त वित्तिय संस्था सागाँ,काभ्रेको संचालक समितीका अध्यक्ष र तत्कालिन सीइओसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका बैंकर्सहरुलाई नियम बिपरीत निर्णय गर्दै कर्जा दिंदा वित्तिय संस्थालाई २ करोड ५० लाख भन्दा बढी हानी नोक्सानी पुगेको आरोप लगाइएको छ ।

प्रहरीले सञ्चालक समिति अध्यक्ष हिरा विश्वकर्मा , सञ्चालक समिति सदस्य चण्डेश्वरी प्रधान,अर्का सञ्चालक बटुकृष्ण कार्की र तत्कालिन सिइओ स्वयम्भु राम जोशीलाई पक्राउ गरेको हो ।

तत्कालीन सिइओ जोशीले आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्बिकृत बिना मिलोमेतोमा गुडविलको रुपमा भन्दै २ करोड ५० लाख रकम प्रबाह गरेको देखिएको प्रहरी उपरीक्षक कृष्णहरी शर्माले बताए । जोशीलाई राष्ट्र बैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षकमा आफु खुसी ७ लाख ४४ हजार भन्दा बढि भुक्तानी लिएको अभियोग समेत लागेको छ ।

पक्राउ परेकाहरुलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य गरिरहेको पनि प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्