Logo
४ माघ २०८१, शुक्रबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ-मुग्लिन सडकमा आज पनि पहिरो, सहज हुन गाह्रो

चितवन, १३ असार : मंगलबार झरेको पहिरोका कारण ११ घण्टासम्म अवरुद्ध नारायणगढ मुग्लिन सडकमा आज पनि पहिरो गएर गाडी बन्द भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार आज बिहान साढे ६ बजे चार किलोमा ठुलो पहिरो गएको हो ।

पहिरो हटाउन निकै समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। ट्रफिक प्रहरीले वैकल्पिक मार्ग अपनाउन यात्रुहरुलाई अपिल गरेको छ। हिजो मुग्लिनबाट नजिकै रहेको टोपे खोला आडको नाम्चीमा बिहान पाँच बजे गएको पहिरो अपरान्ह चार बजे मात्रै सफा भएर गाडी खुलेका थिए। पहिरो सफा गरेर बाटो खुले पनि सडकमा जथाभावी साइड लागेर गाडी रोकेका कारण सहज ढंगले गाडी चल्न सकेका थिएनन्।

ट्राफिक प्रहरी निरीक्षक गौतमका अनुसार सडक अवरुद्ध भएपछि बाटोमा रोकिएका गाडीहरुले चार बजे बाटो खुले पनि राति अढाई बजेसम्म नारायणगढ मुग्लिन छिचोल्न सकेका थिएनन्। गाडी पुरै पार नहुँदै राति फेरि कालिखोलामा पहिरो गएको थियो। त्यसपछि चार किलो ठुलो पहिरो गएको हो।

हिजो पहिरो गएको ठाउँमा राति एकतर्फी गाडी चल्दै आएका थिए । हिजो मुग्लिनबाट नजिकै रहेको टोपे खोला आडको नाम्चीमा बिहान पाँच बजे गएको पहिरो अपरान्ह चार बजे मात्रै सफा भएर गाडी खुलेका थिए । पहिरो सफा गरेर बाटो खुले पनि सडकमा जथाभावी साइड लागेर गाडी रोकेका कारण सहज ढंगले गाडी चल्न नसकेको नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

ट्राफिक प्रहरी निरीक्षक गौतमका अनुसार सडक अवरुद्ध भएपछि बाटोमा रोकिएका गाडीहरुले चार बजे बाटो खुले पनि राति अढाई बजेसम्म नारायणगढ मुग्लिन छिचोल्न सकेका थिएनन् । गाडी पुरै पार नहुँदै राति फेरि कालिखोलामा पहिरो गएको थियो । त्यही पहिरो सफा गर्न अहिले डेढ घण्टा जति बाटो बन्द गर्ने प्रहरी निरीक्षक गौतमले बताए ।

हिजो पहिरो गएको ठाउँमा सहजै दुई तर्फी गाडी चल्न सक्ने अवस्था छैन । गाडीका चापका कारण बाटो छिचोल्न आज पनि अफ्ठ्यारो हुन सक्ने अवस्था छ । पहिरोका कारण सोमबारदेखि नै नारायणगढ मुग्लिन सडकमा सहज रुपमा गाडी चल्न सकेका छैनन् । राजधानी काठमाडौंको लाइफ लाइन मानिने यो सडकमा दैनिक हज्जारौं गाडी ओहर दोहर गर्दछन् ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्