अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड ११ घण्टापछि खुल्यो
चितवन, १२ असार : नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको छ । सडकमाथिबाट खसेको पहिरो हटाएपछि अपरान्ह ४ बजेदेखि खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
अहले सडक दुईतर्फी नै खुलेको छ । विहान साढे ५ बजेदेखि बन्द भएको हुँदा सोमबार रातिदेखि सवारी साधन जाममा परेका थिए । सयौं सवारी साधान र हजारौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।
सडकमा दुवै तर्फ सवारीको अधिक चाप भएको कारणले सहज सञ्चालनका लागि अझैं केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।