Logo
१ मंसिर २०८१, शनिबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यार्थी नेता पक्राउको विरोधमा बन्द गराएका शिक्षण संस्था आजबाट सञ्चालनमा

चितवन : विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका चितवनका शिक्षण संस्था मंगलबारबाट सञ्चालनमा आएका छन् ।

संगठनका जिल्ला सचिव दर्पणले सोमबार राति एक विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल फिर्ता लिएको जनाएका हुन् । विभिन्न संघसंस्था, सरोकारवाला निकायले विद्यालय खोल्न गरेको अनुरोधलाई मध्यनजर गर्दै अनिश्चितकालीन हडताल फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनको स्वरुप परिवर्तन गरिने भन्दै हडतालका कार्यक्रम फिर्ता लिइएको हो ।

प्रहरीले संगठनका जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई गिरफ्तार गरेको विरोधमा क्रान्तिकारीले हडताल आह्वान गरेको थियो ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्