चीन भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रिय सभालाई जानकारी गराउँदै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको बारेमा सङ्घीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा सोमवार जानकारी गराउने भएका छन् ।
सोमवार दिउँसो २ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले असार ५ गतेदेखि हुने छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणबारे जानकारी गराउन सम्बोधन गर्ने कार्यसूची रहेको छ ।