Logo
१३ मंसिर २०८१, बिहीबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेश जानेका कामदारलार्इ ठगी गर्ने कम्पनी‘भिएलएन’का श्रेष्ठविरुद्ध मुद्दा दायर ,३ अर्बको बिगो दाबी

काठमाडौँ : मलेसिया जानेका कामदारलार्इ ठगी गर्दै आएको अवैध कम्पनी ‘भिएलएन’का अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ। काठमाडौँ जिल्ला अदालतमा उनीविरूद्ध करिब ३ अर्ब बिगो दाबीसहित ठगी मुद्दा दर्ता भएको हो।

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका भिएलएनले अवैध रूपमा पैसा असुल्दै आएको थियो । उसले कामदारबाट हालसम्म करिब तीन अर्ब बराबर रकम ठगी गरेको अभियोग लगाइएको छ ।

श्रेष्ठविरुद्ध दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित सोमबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो। आज ९मंगलबार०बाट श्रेष्ठको थुन्छेक बयान सुरू भएको जनाइएको छ । बयानलगत्तै वादी र प्रतिवादीका वकिलहरूको बहस सुरु हुनेछ। प्रहरी नियन्त्रणमा रहेका अध्यक्ष श्रेष्ठ भने उपचारको बहानामा हिरासतमा बस्न नमानी नर्भिक अस्पतालमा बस्दै आएका छन्।

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर ९ओएससी०, भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। सो क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्