तस्करीको सुन प्रयोग गरेको आशंकामा आर.के ज्वेलर्समा छापा
काठमाडौं : साढे ३३ केजी प्रक्रणको सुन सुन प्रयोग गरेको आशंकामा उच्चस्तरीय छानविन समितीले काठमाडौंका दुइ ज्वेलर्समा छापा मारेको छ ।
साढे ३३ केजी सुन प्रयोग गरेका आशंकामा न्यूरोडस्थित आर.के. ज्वेलर्स र दरबारमार्गस्थित आर.के. डाइमण्डमा सोमबार छापा मारेको हो ।
साथै समितिले दुवै ज्वेलर्सका गहना समेत बरामद गरेको छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।
गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उक्त टोली त्यहाँ पुगेका हुन । छापा सम्बन्धी अन्य कुरा भने पछि एकैपटक पत्रकार सम्मेलन गरेर जानकारी दिने उनले बताए ।